Nic Ad Nic Ad
Nic Ad Nic Ad

चिसो बढ्दै ,काठमाडौं उपत्यकाको तापक्रम १४ डिग्री सेल्सियसभन्दा मुनि झर्‍यो

सोमबार, कात्तिक ५, २०८१

काठमाडाैं - काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज (कात्तिक ५ गते) १४ डिग्री सेल्सियसबाट पनि मुनि झरेको छ। यसअघि कात्तिक ३ गते काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४ डिग्री सेल्सियस थियो।

नेपालमा ‘पोस्ट मनसुन’ सिजन चलिरहँदा देशभर क्रमशः तापक्रम ओरालो लागिरहेको छ।

मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८: ४५ बजे सार्वजनिक गरेको तापक्रम विवरणअनुसार उपत्यकाको न्यूनतम तापक्रम त्यसभन्दा पनि घटेर १३.८ डिग्री सेल्सियसमा झरेको हो।

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  ११:५९
प्रतिक्रिया दिनुहोस्