नेभिगेशन
राजनीति

प्रेम आलेलगायतका सांसद एकीकृत समाजवादी छाडी एमालेमा फर्किने ‘निश्चित’

काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीमा रहेका प्रेम आलेलगायतका केही सांसद एमालेमा फर्किने निश्चित भएको दाबी गरिएको छ। 

सांसद आलेले नै एमालेमा फर्किने बेला भएको बताएको दाबी गरिएको छ। उनी पार्टीसँग असन्तुष्ट रहेका थिए। 

महाधिवेशनमा समेत सहभागी नभई नयाँ दिल्ली रहेका आलेलगायतका अन्य केही सांसद रहेको बुझिएको छ। 

सांसद किसान श्रेष्ठ पनि फर्किने तयारीमा रहेको बताइएको छ।

एकीकृत समाजवादी पार्टीका धेरै नेताहरु रुष्ट रहेका छन्। महाधिवेशनमा नेताहरूले मनोपोली गरेका कारण रुष्ट नेता र सांसद पुरानै पार्टीमा फर्किन लागेको बताइएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति