मोरङमा ३ लाख बढीकाे पटका बरामद
मोरङ- मोरङमा करिब ३ लाख २० हजार रूपैयाँ बराबरको पटका बरामद भएको छ ।
सुनवर्षी नगरपालिका-८ रमानाटोलस्थित धानखेतबाट करिब ३ लाख २० हजार रूपैयाँ मुल्य बराबरको पटका आइतबार राति प्रहरीले बरामद गरेको हो।
प्रहरी चौकी सिक्टीबाट गस्तीमा खटिएको प्रहरीलाई देख्नासाथ भारतबाट नेपालतर्फ आउँदै गरेका ४ जना व्यक्तिहरूले ४ वटा बोरा फाली फरार भएपश्चात बोरा तलासी गर्दा उक्त पटका बरामद भएको हो ।
प्रहरीले हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१ १३:२३
प्रतिक्रिया दिनुहोस्