Nic Ad Nic Ad
Nic Ad Nic Ad

मन्त्रिपरिषद बैठक डाकियो, राजनीतिक दल विभाजसम्बन्धी अध्यादेश ल्याउने सम्भावना

सोमबार, कात्तिक ५, २०८१

काठमाडौं– दल विभाजन गर्नेसम्बन्धी अध्यादेश ल्याउने सम्भावनासहित नियमित मन्त्रिपरिषदको बैठक डाकिएको छ। 

मन्त्रिपरिषदको बैठक सवा ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बस्नेछ। 

आइतबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको छलफलमा अध्यादेशको विषयमा कुराकानी भएको बताइएको छ। 

यद्यपि त्यो पनि नियमित भेटवार्ता मात्र रहेको दाबी गरिएको छ। 

दल विभाजनसम्बन्धी अध्यादेश ल्याउँदा त्यसमा केही संशोधन समेत हुन सक्नेछ। ५ बर्ष नपुगेका दल विभाजन गर्न नपाउने व्यवस्थासहित केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत हुनुपर्ने व्यवस्थामा संशोधन हुने बताइन्छ। 
 

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १३:३८
प्रतिक्रिया दिनुहोस्