Nic Ad Nic Ad
Nic Ad Nic Ad

अध्यादेशका विषयमा देउवा नकारात्मक भएपछि मन्त्रिपरिषद बैठक स्थगित 

सोमबार, कात्तिक ५, २०८१

काठमाडौं– दल विभाजन गर्नेसम्बन्धी अध्यादेश ल्याउने सम्भावनासहित डाकिएको नियमित मन्त्रिपरिषदको बैठक स्थगित गरिएको छ। 

मन्त्रिपरिषदको बैठक सवा ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बोलाइएको थियो। 

आइतबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको छलफलमा अध्यादेशको विषयमा कुराकानी भएको बताइएको थियो। सोमबार कांग्रेस सकारात्मक भएन।  

देउवाले उक्त भेटका विषयमा महामन्त्री गगन थापासँग सल्लाह गरेका थिए। यसबाहेक नेकपा एकीकृत समाजवादीलगायतका नेताले देउवालाई भेटी अध्यादेश रोक्न भनेका थिए।
 

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १६:४२
प्रतिक्रिया दिनुहोस्