Nic Ad Nic Ad
Nic Ad Nic Ad

कावा मेयरकै कुर्सीमा वडाध्यक्ष फागो, अदालतको पत्र बुझन मानेनन्

सोमबार, कात्तिक ५, २०८१

विराटनगर- वडाध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिने हर्क साम्पाङको निर्णय कार्यान्वयन नगर्न उच्च अदालतले दिएको आदेशलाई वडाध्यक्ष लोकेन्द्रकुमार फागोले अटेर गरेका छन् । उनले सोमबार पनि कावाकै रूपमा कामकाम गरे ।

उनले मेयरको कार्यकक्षमा छुट्टै टेबल कुर्सी राखेर कार्यवाहकको जिम्मेवारी निभाइरहेका छन् । फागोले अदालतबाट आएको पत्रसमेत बुझ्न नमानेको बताइएको छ । उनले आज पनि कार्यवाहकको हैसियतमा दुई वटा फाइल अघि बढाए ।

फागोले भने अदालतबाट पत्र नआएको जिकिर गरे । उनले भने, ‘अहिलेसम्म मैले पत्र पाएको छैन, पत्र आएपछि म जिम्मेवारी पनि छाड्छु ।’

उच्च अदालत विराटनगरका न्यायाधीश ध्रुवराज नन्दको इजलासले फागोलाई कार्यवाहक मेयरको जिम्मेवारी दिने साम्पाङको पत्र कार्यान्वयन नगर्न आदेश दिएका थिए । आफू हुँदाहुँदै बाइपास गरेर वडाध्यक्षलाई कावा दिए साम्पाङ बेलायत उडेपछि उपमेयर आइन्द्रविक्रम बेघा कात्तिक ४ गते अदालत पुगेका थिए । मुद्दाको अर्को सुनुवाइ भोलि रहेको छ ।

कावा दिइएका वडाध्यक्ष फागो साम्पाङका मामा ससुरासमेत हुन् ।

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १६:५६
प्रतिक्रिया दिनुहोस्