Nic Ad Nic Ad
Nic Ad Nic Ad

छविलाल जोशीलाई बयानका लागि बुटवल लगियो, यसपछि रवि लामिछानेको पालो

सोमबार, कात्तिक ५, २०८१

काठमाडौं– सहकारी ठगी प्रकरण र रकम अपचलनको आरोपमा कास्की प्रहरी हिरासतमा रहेका पूर्वडीआईजी छविलाल बन्जाडे जोशीलाई सोमबार बुटवल लगिएको छ। 

उनको मुद्दा इलाका प्रहरी कार्यालय बुटवलमा रहेका कारण बयानका लागि लगिएको हो। पोखरादेखि भैरहवासम्म चल्ने उडानबाट उनलाई त्यता लगिएको हो। 

छविलाल जोशीपछि पूर्वगृहमन्त्री रहेका रास्वपाका सभापति रवि लामिछानेलाई पनि बुटवल लगिनेछ। कास्की प्रहरीमा सोमबारदेखि बयान सुरु गरिएका उनलाई पनि लगिनेछ।

तिहारअघि नै कास्कीमा बयान सकिएको खण्डमा लामिछानेलाई बुटवल लगिने छ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १७:०७
प्रतिक्रिया दिनुहोस्