Nic Ad Nic Ad
Nic Ad Nic Ad

१० किलो गाँजासहित एक युवक पक्राउ

सोमबार, कात्तिक ५, २०८१

सर्लाही– सर्लाहीस्थित एक घरमा लागूऔषध गाँजा लुकाएर राखेको  अवस्थामा प्रहरीले छापामारी गरी बरामद गरेको छ ।

गाँजा बरामद सँगै एकजना युवक लाई पक्राउ गरेका छन् । सर्लाही व्रम्हपुर गाउँपालिका  ५ सखुअवा गाउँका विद्यानन्द साहको छोरा २१ वर्षीय  पंकज साहले घरमा  लागूऔषध गाँजा लुकाएर राखेको सूचनाको आधारमा प्रहरीले छापा मारेर  १० किलोग्राम गाँजा बरामद गरेको हो ।

गाँजासँगै  पंकज साहलाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता  डीएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन्।

गाँजा सहित पक्राउ परेका पंकज साह लाई जिल्ला अदालत सर्लाहीबाट ७ दिनको म्याद थमाएर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १७:१६
प्रतिक्रिया दिनुहोस्