Nic Ad Nic Ad
Nic Ad Nic Ad

आफ्नै बुद्धि कमजोर हुँदा एमालेबाट बाहिर बस्नुपर्‍यो : वामदेव गौतम

सोमबार, कात्तिक ५, २०८१

काठमाडौँ- राष्ट्रिय सभा सदस्य वामदेव गौतमले आफ्नै बुद्धि कमजोर भएकाले एमालेबाट बाहिर बस्नुपरेको बताएका छन् ।

सोमबार सिंहदरवारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा गौतमले एमालेका लागि आफूले धेरै योगदान दिए पनि आफ्नै बुद्धि कमजोर भएकाले एमालेबाट बाहिर बस्नुपरेको बताएका हुन् ।उनले नेकपा एमाले निर्माणमा ७५ प्रतिशत आफ्नो भूमिका रहेको उल्लेख गरे । गौतमले एमाले निर्माणदेखि देशका लागि लामो समय काम गरेको अनुभव र अध्ययनका आधारमा प्राकृतिक प्रकोपको जोखिमबारे राष्ट्रियसभामा बोल्दा पनि सरकारले गम्भीरता नलिएकाले अहिले धेरै क्षति भएको जिकिर गरे ।

उनले पहिरोमा परि त्रिशूलीमा दुईवटा बस बगाएपछि आफूले राष्ट्रिय सभामा त्यसपछिको दुई महिनामा सडक बन्द गर्न सुझाव दिए पनि सरकारले त्यसलाई नसुनेको बताए । विश्वका क्षमतावान् विज्ञहरूलाई बोलाएर पहिरोका बारेमा पूर्णमूल्यांकन र पहिरो रोकथाम गर्न आफूले यसअघि नै सुझाव दिएको उनले बताए । तर आफ्नो सुझावलाई सरकारले गम्भीरतापूर्वक नलिएको उनको गुनासो छ ।

उनले आफूले प्रयाप्त अध्ययन गरेर नै बाढी पहिरोका बारेमा बोलेको उल्लेख गरे । त्यस्तै, गौतमले सहकारीका कारण भ्रष्टाचार व्याप्त देखिएकाले सहकारी दुरुपयोगमा संलग्नलाई निर्मम तवरले कारबाही गर्नुपर्नेमा जोड दिए । उनले कुनै पार्टी वा व्यक्ति नहेरी सहकारी प्रकरणका दोषीलाई कारबाही गर्नुपर्ने बताए ।

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १७:२१
प्रतिक्रिया दिनुहोस्