Nic Ad Nic Ad
Nic Ad Nic Ad

बैंकिङ क्षेत्रको लगानीलाई वातावरण मैत्री बनाउन हरित लगानीसम्बन्धी मार्गदर्शन जारी

सोमबार, कात्तिक ५, २०८१

काठमाडौँ - बैंक तथा वित्तीय संस्थाबाट हुने लगानीलाई वातावरणमैत्री बनाउन राष्ट्र बैंकले हरित लगानीसम्बन्धी मार्गदर्शन लागू गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले परिपत्रमार्फत बैंक तथा वित्तीय संस्था र पूर्वाधार विकास बैंकले निर्देशन दिएको हो ।

निर्देशनमा प्राकृतिक स्रोतहरुको संरक्षण, प्रदूषण नियन्त्रण, जलवायु परिवर्तन न्यूनीकरण र वातावरणीय स्थायित्वमा आधारित परियोजनाहरूमा वित्तीय लगानीलाई प्राथमिकता दिन विभिन्न व्यवस्थाहरू गरेको छ ।

निर्देशनमा जलवायु परिवर्तन अनुकूलन, प्रदूषण नियन्त्रण, प्राकृतिक स्रोतहरुको संरक्षणलगायत क्षेत्रमा विशेष व्यवस्था गरिएको छ । जसका लागि कृषि र वन, ऊर्जा र जलस्रोतहरू, पर्यटन र यातायात, स्वास्थ्य र फोहोर व्यवस्थापनलगायत क्षेत्रहरूलाई लक्षित क्षेत्र बनाइएको छ । यसैगरी, प्राकृतिक विपत्ति न्यूनीकरणका लागि वित्तीय क्षेत्रको भूमिका र जिम्मेवारीलगायतका लागि निर्देशन तयार पारेर लागू गरेको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १८:२०
प्रतिक्रिया दिनुहोस्