Nic Ad Nic Ad
Nic Ad Nic Ad

त्रिविमा आगामी वर्षदेखि अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्न सोधिने

सोमबार, कात्तिक ५, २०८१

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणालीअनुसार सबै संकायहरूको स्नातक तहका प्रश्नपत्र तयार गर्दा अङ्ग्रेजी र नेपाली भाषामा सोध्ने निर्णय गरेको छ ।  वार्षिक परीक्षा प्रणालीअनुसार सबै सङ्कायहरूको स्नातक तहका प्रश्न पत्रहरू अङ्ग्रेजी र नेपाली दुवै भाषामा निर्माण गर्ने भएको हो । अब हुने प्रथम वर्षको परीक्षादेखि अनिवार्य रूपमा लागू गर्ने गरी त्रिविले तयारी गरेको हो ।

त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको २०८० साल चैत्र १५ गत बसेको बैठकले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प प्रश्नोत्तर तयार पार्ने निर्णय गरेको थियो । उक्त निर्णय आगामी वर्षको परीक्षादेखि नै अनिवार्य रूपमा लागू गर्न लागेको हो ।

उक्त व्यवस्था क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा समेत लागु गरिने त्रिविले जनाएको छ । त्यसबारे त्रिविले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई जानकारी गराएको छ । मन्त्रालयलाई एक पत्र लेख्दै त्रिविले पहिलो चरणमा हाललाई शिक्षा शास्त्र सङ्काय, मानविकी सङ्काय, व्यवस्थापन सङ्काय र कानुन सङ्कायको स्नातक तहको परीक्षामा सोधिने प्रश्नहरू नेपाली र अङ्ग्रेजी दुवै भाषामा सोध्ने प्रबन्ध मिलाइने जनाएको हो ।

शिक्षामन्त्री विद्या भट्टराईले आगामी प्रथम वर्षको परीक्षादेखि अनिवार्य रूपमा लागु गरी क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा समेत लागु गर्ने निर्णय गरेको बताइनहो । हाललाई शिक्षा शास्त्र सङ्काय, मानविकी सङ्काय, व्यवस्थापन सङ्काय र कानुन सङ्कायको स्नातक तहको परीक्षामा नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रश्नपत्र तयार गरिनेछ । हाललाई शिक्षा शास्त्र संकाय, मानविकी संकाय, व्यवस्थापन संकाय र कानून संकायको स्नातक तहको परीक्षामा नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रश्नपत्र तयार गरिने बताइएको छ ।

 

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १८:२८
प्रतिक्रिया दिनुहोस्