Nic Ad Nic Ad
Nic Ad Nic Ad

बाढीले ल्याएको फोहोर संकलन गर्न ललितपुरमा २ हजार स्वयंसेवक खटिने

सोमबार, कात्तिक ५, २०८१

काठमाडौँ- ललितपुर महानगरपालिकाले असोज दोस्रो साता आएको बाढीले बगाएर ल्याएको प्लास्टिक, कपडा र कागजजन्य फोहोर संकलन गर्ने र उठाउने काम शनिबारदेखि थाल्ने भएको छ ।

बाढीले बगाएर ल्याएको फोहोर नख्खु र बागमती नदी किनारमा थुप्रिएका छन् । फोहोर संकलन गर्न २ हजार भन्दा बढी स्वयंसेवक खटिने महानगरपालिकाले जनाएको छ । नदी किनारमा थुप्रिएका फोहरमैला सरसफाइ सम्बन्धी तयारी बैठकमा ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन बाढीले बगाएर ल्याएको फोहोर शनिबारदेखि उठाउने बताए ।‘बिहान ७ बजे तोकिएको ठाउँमा जम्मा होऔं, हेर्दा नै लाज लाग्ने गरी छरपष्ट प्लाष्टिक, कागज र कपडा संकलन गरौं, सफा नभएसम्म गर्छौं,’ बैठकमा मेयर महर्जनले भने ।

११ र १२ असोजमा आएको बाढीले अन्यत्रबाट बगाएर ल्याएको प्लास्टिक लगायत फोहोरले ललितपुर सहरको सौन्दर्य नै बिगारेको उनलको भनाइ छ । नख्खु र बागमती नदी किनारलाई प्लास्टिकले छपक्कै छोप्दा लुगा सुकाए जस्तो देखिएको उनले बताए ।

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १९:२०
प्रतिक्रिया दिनुहोस्