Nic Ad Nic Ad
Nic Ad Nic Ad

माल्दिभ्सविरुद्ध नेपालको अभूतपूर्व गोल बर्षा, साफ महिलामा ११-०

सोमबार, कात्तिक ५, २०८१

काठमाडौं- रेखा पौडेलको पाँच गोलसँगै नेपालले साफ महिला च्याम्पियन २०२४ को समूह चरणको दोस्रो खेलमा माल्दिभ्सविरुद्ध सानदार जित हासिल गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंशालामा सोमबार भएको खेलमा नेपालले ११–० को जित हासिल गरेको हो। नेपालले साफमा माल्दिभ्सविरूद्व हात पारेको यो अहिलेसम्मकै फराकिलो जित हो।

यसअघि सन् २०१६ मा पनि ९–० माल्दिभ्सलाई पराजित गरेको थियोे। जितसँगै नेपाल समूह बीको शीर्ष स्थानमा उक्लिएको छ। नेपाल पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियोे।

नेपालको चार अंक छ। भुटानको पनि समान चार अंक छ। भुटानले माल्दिभ्स र नेपालले श्रीलंकासँग समूहचरणको अन्तिक खेल खेल्ने छ। यही खेलबाट समूहविजेताको टुंगो लाग्ने छ।

नेपाललाई पहिलो जित दिलाउन रेखा पौडेलले सर्वाधिक पाँच गोल गरिन्। यस्तै, प्रीति राईले ह्याट्रिक गोल गर्दा र सविता रानामगर, अमिसा कार्की र अनितता केसीले समान एक गोल गरिन्।

खेलको छैटौं मिनेटमै नेपालले सुरुआती अग्रता लिएको थियो। सविताको क्विक कर्नरमा प्रीतिले पेनाल्टी बक्सबाहिरबाट प्रीतिले प्रहार गरेको बल सीधै गोलमा परिणत भएको थियो। २९औं मिनेटमा नेपालले अग्रता दोब्बर बनायो।

माल्दिभ्सकी डिफेन्डरबाट बल खोस्दै सुरु लिम्बूले दिएको बललाई सविताले बक्सबाहिरबाट दोस्रो बारमा गोल गरेकी थिइन्। ३२औं मिनेटमा रेखाले नेपालको अग्रता ३–० मा पुर्‍यायो। रश्मिकुमार घिसिङले सिक्स यार्डनजिकबाट दिएको बललाई रेखाले हुलमुलमा जाली चुमाएकी थिइन्।

४२औं मिनेटमा रेखाले नै व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरिन्। सविताले दिएको क्रसमा उनले गोल गर्दै नेपाललाई पहिलो हाफमै फराकिलो अग्रता दिलाइन्।

दोस्रो हाफको सुरूमै नेपालले पाँचौ गोल गर्यो। योसँगै रेखाल ह्याट्रिक पूरा गरिन्। राइट साइडबाट ड्रब्लिङ गर्दै दिएको पास माल्दिभ्सको डिफेन्डरसॅंग ठोकिएर उनकै नियन्त्रण पुग्यो । उक्त बललाई वान टच गर्दै रेखाले जाली चुमाइन्। ६५औं मिनेटमा प्रीतिले पेनाल्टी बक्स बाहिरबाट सुन्दर गोल गरिन्। 

मैदान प्रवेश गरेको एक मिनेट पनि नबित्दै अनिता केसीले गोल गरिन्। अनिता बस्नेत दिएको बल नियन्त्रणमा लिॅंदै उनले वान भर्सेस वानमा गोल गरेकी हुन्। रेखाले ७७औं मिनेटमा पाँचौ गोल गरिन्। त्यसअघि उनले ६२औं मिनेटमा पनि गोल गरेकी थिइन्।

८७औं मिनेटमा प्रीतिले ह्याट्रिक पूरा गरिन्। उनले पेनाल्टीमार्फत गोल गरेकी हुन्। लगत्तै अमिसा कार्कीले गोल गर्दै नेपालको अग्रता ११  गोलमा पुर्‍याइन्।

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १९:३३
प्रतिक्रिया दिनुहोस्