Nic Ad Nic Ad
Nic Ad Nic Ad

मिर्गौला तस्करी आरोपित ५ जना पुर्पक्षका लागि कारागार चलान

सोमबार, कात्तिक ५, २०८१

काठमाडौँ- मिर्गौला तस्करीका दुई वटा घटनामा पक्राउ परेका ६ जनामध्ये पाँच जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

मिर्गौला तस्करीका दुई वटा फरक मुद्दामा प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले ६ जनालाई पक्राउ गरेको थियो । जसमा काभ्रेका एक व्यक्तिको मिर्गौला तस्करी घटनामा प्रतिवादी बनाइएका काभ्रेकै कृष्ण विक र ललितपुरका शंकर खत्री यसअघि नै पुर्पक्षका लागि कारागार चलान भएका थिए ।चन्द्रागिरिका अर्का युवकको मिर्गौला तस्करीमा खत्रीसहित बालाजुमा खाजा पसल चलाउने मकवानपुरकी शान्तिमाया घलान, काठमाडौँ चन्द्रागिरिका नारायण भनिने नारन परियार, धनुषाका अमन साह, धादिङका कृष्ण श्रेष्ठ, सिन्धुपाल्चोकका राजकुमार नेपाली भनिने राजकुमार बिसुन्के, धनुषाका विमलप्रसाद साह र धनुषाकै मुकेशकुमार साहविरुद्ध मुद्दा दायर भएको थियो । उनीहरूमध्ये राजकुमार, विमलप्रसाद र मुकेशकुमार फरार थिए ।

दोस्रो मुद्दामा पनि प्रतिवादी रहेका शंकर खत्रीलाई सोमबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले १ लाख धरौटी र शान्तिमायासँग ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । बाँकी तीन जनालाई पुर्पक्षका लागि कारागार चलानको आदेश आएको छ ।

खत्रीलाई दोस्रो मुद्दामा १ लाख धरौटीमा छाड्न आदेश दिए पनि उनी पहिलो मुद्दामा पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् । त्यस्तै पहिलो मुद्दाका कृष्ण विक, नारन परियार, अमन साह र कृष्ण श्रेष्ठ गरी पाँच जनालाई केन्द्रीय कारागार सुन्धारा पठाइएको ब्युरोले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  २०:४८
प्रतिक्रिया दिनुहोस्