Nic Ad Nic Ad
Nic Ad Nic Ad

राहत र पुनःनिर्माण प्रभावकारी बनाउनुपर्छ : हरिबोल गजुरेल

सोमबार, कात्तिक ५, २०८१

पाँचथर- नेकपा (माओवादी केन्द्र)का उपमहासचिव हरिबोल गजुरेलले बाढीपहिरोले अत्यधिक क्षति पु¥याएकाले राहत र पुनःनिर्माणलाई प्रभावकारी बनाइनुपर्ने बताएका छन् ।

गत असोज १० देखि १२ गतेसम्मको अविरल वर्षासँगै आएको बाढीपहिरोबाट प्रभावितस्थल निरीक्षणपछि आज फिदिममा पत्रकारसँग कुराकानी गर्दै गजुरेलले प्रभावित जनताको जीवनयापन सहज बनाउन सरकार गम्भीर बन्नुपर्ने बताए।

“यस पटक बाढीपहिरोले जनताको कुनै धनमाल र जग्गाजमिन बाँकी नराखेको देखियो । यसमा सरकारका तर्फबाट प्रभावकारी राहत प्याकेज ल्याइनुपर्छ”, उनले भने, “परम्परागत राहत वितरणले प्रभावित जनताको जीवन रक्षा हुन नसक्ने देखियो ।”

उपमहासचिव गजुरेलले बाढीपहिरोले गरेको क्षति हेरेपछि मन नअडिने अवस्था रहेको बताए । पाँचथरमा विसं २०७८, ०८० र यस वर्ष निरन्तर बाढीपहिरोले क्षति गरेकाले सरकारले विशेषरुपमा सम्बोधन गर्नु आवश्यक रहेको उनको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  २१:०१
प्रतिक्रिया दिनुहोस्