भारतको प्रत्यक्ष कर संकलन बढ्यो
भारत - भारतको प्रत्यक्ष कर संकलनमा वृृद्धि भएको पाइएको छ । भारतको केन्द्रीय प्रत्यक्ष कर संकलन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष सन् २०२४–२५ को अक्टोबर १० सम्म प्रत्यक्ष करमार्फत् खुद ११ लाख २६ हजार करोड भारु संकलन गरिएको छ ।
यो परिमाण अघिल्लो वर्षको तुलनामा १८.३५ प्रतिशत धेरै हो । तथ्यांकअनुसार यस अवधिमा कुल १४ लाख ५७ हजार करोड भारु संकलन गरिएको छ । जुन अघिल्लो वर्षको तुलनामा २२।३० प्रतिशत धेरै हो ।
यस अवधिमा भारत सरकारले २ लाख ३१ हजार करोड भारु फिर्ता गरेको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार यो परिमाण अघिल्लो वर्षकोे तुलनामा ४६ प्रतिशतले धेरै हो ।
यस पटक प्रत्याभूति कारोबार करमार्फत सबैभन्दा धेरै प्रत्यक्ष कर संकलन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस शीर्षकबाट १६ हजार ३ सय ७३ करोड भारु कर संकलन गरिएको थियो । यस आर्थिक वर्षमा भने उक्त शीर्षकबाट ३० हजार ६ सय ३० करोड भारु कर संकलन गरिएको एएनआईले जनाएको छ ।