इजिप्ट मलेरियामुक्त देश घोषणा
काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले इजिप्ट (प्राचीन नाम मिस्र) लाई rआधिकारिक रुपमा मलेरियाबाट मुक्त घोषणा गरेको छ । इजिप्टलाई मलेरियाबाट मुक्ति दिलाउने यो सफलता करिब एक शताब्दीको प्रयासपछिको परिणाम हो । इजिप्ट प्राचीनकालदेखि नै मलेरियाबाट त्रस्त थियो ।
संयुक्त राष्ट्रसंघको स्वास्थ्य एजेन्सी डब्ल्यूएचओका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेब्रेयससले सोमबार भनेका छन्, ‘मलेरियाको बिमारी त्यति पुरानो हो जति स्वयं इजिप्टको सभ्यता प्राचीन छ । तर इजिप्टको प्राचीन शासकहरुलाई सताउने यो बिमारी अब इतिहासका पन्नामा समेटिएको छ र भविष्यका लागि यसको खतरा समाप्त भएको छ ।’
प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१ ०७:०९
प्रतिक्रिया दिनुहोस्