Nic Ad Nic Ad
Nic Ad Nic Ad

बंगलादेशमा डेंगुका बिरामी ५० हजार नजिक

मंगलबार, कात्तिक ६, २०८१

ढाका - बंगलादेशमा अक्टोबरमा ८४ डेंगुसम्बन्धी मृत्यु रेकर्ड गरिएको छ । यो यस वर्ष डेङ्गुका कारण सबैभन्दा बढी मासिक मृत्युको संख्या हो ।

स्वास्थ्य सेवा महानिर्देशनालय(डिजिएचएस) ले स्थानीय समयअनुसार आइतबार बिहान ८ बजेसम्म पछिल्लो २४ घण्टामा एक हजार दुई सय ९८ नयाँ डेङ्गुको मामिला पुष्टि भएका घटनाहरू रिपोर्ट गरेको छ । यो सङ्ख्यासँगै यस महिनाको कूल सङ्ख्या १८ हजार नौ सय ४२ पुगेको छ ।

डिजिएचएसले आइतबार थप छ जनाको मृत्युको पुष्टि गरेको छ । यस वर्ष बङ्गलादेशमा डेङ्गुका कारण मृत्यु हुनेको कूल सङ्ख्या दुई सय ४७ पुगेको छ ।

डेङ्गुको थप फैलावट रोक्न बङ्गलादेशी स्वास्थ्य अधिकारीहरूले लामखुट्टेको प्रजनन नियन्त्रण गर्न र एन्टी-लार्भाल अपरेशनहरू सञ्चालन गर्ने उपायहरूलाई बलियो बनाएका छन् ।

बङ्गलादेशमा सन् २०२३ मा डेङ्गुका कारण एक हजार सात सय तीन जनाको मृत्यु भएको थियो । जुन सबैभन्दा बढी वार्षिक मृत्युको सङ्ख्या हो । त्यसको तुलनामा सन् २०२२ मा दुई सय ८१ र सन् २०१९ मा एक सय ७९ जनको डेङ्गुका कारण मृत्यु भएको रिपोर्ट गरिएको थियो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  ०७:३७
प्रतिक्रिया दिनुहोस्