कात्तिक १० गते काठमाडौंमा सरकारविरुद्ध माओवादीको खबरदारी सभा
काठमाडौं– सरकारका गलत कामका विषयमा सचेत गराउनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले कात्तिक १० गते काठमाडौंमा खबरदारी सभा गर्ने निर्णय गरेको छ।
बागमती प्रदेशका विभिन्न जनवर्गीय संगठनका इञ्चार्जलगायतलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस्तो जानकारी दिएका हुन्।
सरकारले सय दिनमा नै विवादीत काम गरेका कारण खबरदारी सभा गर्ने निर्णय भएको प्रचण्डले सुनाएका थिए। उक्त सभा प्रदर्शनी मार्गमा हुने बताइएको छ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१ ०९:५५
प्रतिक्रिया दिनुहोस्