Nic Ad Nic Ad
Nic Ad Nic Ad

कांग्रेस उपसभापति धनराज गुरुङकी पूर्वपत्नी ज्योतिसहित दुई जनालाई रेड कर्नर नोटिस सिफारिस

मंगलबार, कात्तिक ६, २०८१

काठमाडौं– १४ करोड ८१ लाख रुपैंया सहकारीबाट हिनामिना गरी फरार रहेकी नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नी ज्योती गुरुङसहित दुई जनाविरुद्ध रेड कर्नर नोटिस जारी गर्न प्रहरी प्रधान कार्यालयमा सिफारिस परेको छ। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरी रेड कर्नर नोटिस जारी गर्नका लागि सिफारिस गरेको हो।

ललितपुरको मितेरी सहकारीमा ज्योतीसहितले रकम अपचलन गरी अहिले फरार रहेका छन्। सीआईबीले महालक्ष्मीस्थानमा रहेको मितेरी सेभिङ एन्ड क्रेडिड कोओपरेटिभको रकम अपचलनको अनुसन्धान जारी राखेको छ।

यसमा सहकारीले पाँच जनाविरूद्ध जाहेरी दिएको छ। जसमध्ये ज्योति गुरूङ र ज्योतिबहादुर भण्डारीविरूद्ध रेड कर्नर नोटिस जारी गर्न सिफारिस परेको हो। 

धनराजले केही समय अघिसम्म पनि पूर्वपत्नीले लिएको ऋण तिर्दै आएको भेटिएको थियो। ज्योति र धनराजको सम्बन्धविच्छेद २०७६ सालमा भए पनि २०८१ सालसम्म पनि धनराजले ऋण तिरेको रसिदहरू फेला परेका थिए। 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  ११:२२
प्रतिक्रिया दिनुहोस्