Nic Ad Nic Ad
Nic Ad Nic Ad

काँग्रेस अर्घाखाँचीको सय दिने अभियान सुरु

मंगलबार, कात्तिक ६, २०८१

अर्घाखाँची - नेपाली काँग्रेस अर्घाखाँचीले सोमबारदेखि पार्टी सङ्गठन सुदृढीकरणको सय दिने अभियान सुरु गरेको छ ।

अभियान सञ्चालनका लागि काँग्रेस केन्द्रीय समितिले केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सञ्जय गौतमलाई खटाएको छ । अर्घाखाँची खटिएका केन्द्रीय सदस्य गौतमले चुनावमा पराजित भएर छिन्नभिन्न भएका काँग्रेसका नेता तथा कार्यकर्तालाई अभियानले एक ढिक्का बनाउने बताए । 
अभियानका लागि अर्घाखाँची काँग्रेसले पूर्वसभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्लाका पदाधिकारीलाई छ स्थानीय तहका ६१ वटा वडामा खटाएको नेपाली काँग्रेसका जिल्ला सचिव कृष्णप्रसाद खनालले जानकारी दिए । 

सय दिने अभियानका क्रममा पार्टी कार्यालय व्यवस्थित गर्ने, मासिक रूपमा सबै तहका बैठक र वडा तहसम्म यथाशीघ्र सम्मेलन गर्ने, वार्षिक कार्ययोजना बनाउने, सङ्गठन विस्तारका लागि सामाजिक र राजनीतिक गतिविधि बढाउने, सदस्यता घरआँगन कार्यक्रमलाई प्रभावकारी बनाइने काँग्रेसका अर्का जिल्ला सचिव अच्युत गौतमले जानकारी दिए ।

भ्रातृ र शुभेच्छुक सङ्गठनमा रिक्त पदपूर्ति गर्ने, पार्टीमा योगदान दिने ज्येष्ठ सदस्यको सम्मान, द्वन्द्वपीडित, घाइते र सहिद परिवारको सम्मान गरिने नेपाली काँग्रेसका जिल्ला सभापति केशव श्रेष्ठले बताए। अभियान आउँदो पुस १६ गते बिपी जयन्तीका दिन समापन हुनेछ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  ११:५६
प्रतिक्रिया दिनुहोस्