Nic Ad Nic Ad
Nic Ad Nic Ad

संसदीय समितिका सभापति र प्रमुख सचेतकसँग सभामुखको छलफल जारी

मंगलबार, कात्तिक ६, २०८१

काठमाडौं- सभामुख देवराज घिमिरेले बोलाएको ६ वटा संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतकहरूसँगको संयुक्त छलफल जारी छ ।

बैठकमा आगामी संसद्को अधिवेशनमा बिजनेसबारे छलफल भइरहेको सभामुखको सचिवालयले जनाएको छ ।

सभामुख घिमिरेले छलफलमा निमन्त्रणा गरेका समितिहरूमा राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समिति र अर्थ समिति समावेश छन् ।

बैठकमा नेकपा एमालेका प्रमुख सचेतक महेश कुमार बर्तौला, कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे सहभागी छन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  १२:१०
प्रतिक्रिया दिनुहोस्