Nic Ad Nic Ad
Nic Ad Nic Ad

छविलालसँग सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान सुरु, सहकारी पीडितको प्रदर्शन

मंगलबार, कात्तिक ६, २०८१

काठमाडौं– सहकारी ठगीको अभियोगमा थुनामा रहेका प्रहरीका पूर्वडीआईजी छविलाल बन्जाडे जोशीसँग रुपन्देही सरकारी वकिलको कार्यालयले बयान सुरु गरेको छ। 

गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष जोशीसँग भैरहवामा बयान सुरु गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। 

जोशीलाई सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धमा जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख प्रेमराज पौडेलको रोहवरमा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक विजयराज पण्डित, अनुसन्धान अधिकृतहरू यमलाल बन्जाडेसहितका प्रहरीहरूले बयान लिइरहेका छन्।

सूर्यदर्शन सहकारीको रकम अपचलनमा पोखरामा अनुसन्धान भइरहेकामा जोशीलाई सोमबार सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धमा अनुसन्धान गर्न बुटवल ल्याइएको हो।

सहकारी वकिल कार्यालयभित्र बयान चलिरहँदा बाहिर सुप्रिम सहकारी पीडितहरूले प्रदर्शन गर्न थालेमा प्रहरीले रोक लगाएपछि पीडितले जिल्ला अदालत अगाडि प्रदर्शन सुरू गरेका छन्। 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  १३:१२
प्रतिक्रिया दिनुहोस्