Nic Ad Nic Ad
Nic Ad Nic Ad

क्रिप्टो कारोबारीसँग रकम असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा दायर

मंगलबार, कात्तिक ६, २०८१

काठमाडौँ- क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेको घटनामा दुई प्रहरीसहित तीन जनाविरुद्ध मुद्दा दायर भएको छ ।

ठगी तथा आपराधिक विश्वासघातको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौँको साइबर शाखाका सहायक हवल्दार गणेश खड्का, साइबर शाखाकै साजन शर्मा चपाई र खोटाङ घर भएका ३५ वर्षीय तेजबहादुर तामाङविरुद्ध मुद्दा दायर भएको हो । मुद्दा चलाइएका मध्ये तामाङ भने फरार छन् ।

उनीहरुविरुद्ध ठगी तथा आपराधिक विश्वासघातको कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासमा उनीविरुद्धको मुद्दाको सुनुवाइ सुरु भएको छ । थुनछेक बहसपछि साधारण तारेख तथा धरौटीमा छाड्ने वा पुर्पक्षका लागि कारागार पठाउने भन्ने आदेश आउने छ ।

तीन जना मिलेर क्रिप्टोको कारोबार गरेको आरोपमा आशिष आचार्य नाम गरेका युवकलाई पक्राउ गरेर दुई दिनसम्म राखेर छाडेको खुलेको थियो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  १३:४०
प्रतिक्रिया दिनुहोस्