Nic Ad Nic Ad
Nic Ad Nic Ad

अब १२ दिन सम्ममा नेपाल प्रहरीमा ६ डिआईजी पद खाली, बढुवाका निम्ति को–को छन् प्रतिस्पर्धामा?

मंगलबार, कात्तिक ६, २०८१

काठमाडौं– अबको १२ दिनपछि नेपाल प्रहरीमा ६ वटा नायव महानिरिक्षक (डीआईजी) पद खाली हुने पक्का भएपछि अहिले बढुवाका निम्ति धेरै जना सक्रिय हुन थालेका छन्।

हाल प्रशासनतर्फ डिआइजीका चार र एसएसपीका १२ पद रिक्त छन्। एआइजीमा बढुवा सिफारिस भएकी किरण राणाले १६ कात्तिकमा अवकाश पाएपछि डिआइजीका ५ पद रिक्त हुन्छन्।

११ कात्तिकमा डिआइजी राजेश बास्तोलाले अवकाश पाउने भएकाले त्यसबेला डिआइजीको पद थपिन्छ। 

डिआइजीको बढुवा भने तिहारपछि मात्र हुने तयारी छ। यसबीचमा खाली हुने दुई प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) पद पनि हुनेछन्।
एआईजीपछि डिआइजी र एसएसपीको बढुवा गर्नुपर्ने भएकाले मंसिरमा मात्र प्रक्रिया हुने सम्भावना छ। 

डीआईजीका लागि धुव्रराज राउत, दिनेश आचार्य, भोला रावल, गणेश चन्द, शिद्धिबिक्रम शाह, सुशिलसिंह राठौर, उमा प्रसाद चतुर्वेदी, हिमालय कुमार श्रेष्ठ, डम्बरबहादुर विक, ओमबहादुर राना, ईश्वर कार्की र बरियतामा अगाडि छन्।

अरुण पौडेल, गोविन्द थपलिया, माधव प्रसाद श्रेष्ठ, दिपेन्द्र जिसी, दिपक रेग्मी, दिलिपसिंह देउजा, विनोद घिमिरे, सुदर्शन कोइराला, दिपककुमार बस्नेत, जयराज सापकोटा, सुरेन्द्र गुरुङ, संजीव शर्मा दास र शारदा प्रसाद चौधरी समेत छन्।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  १३:४९
प्रतिक्रिया दिनुहोस्