Nic Ad Nic Ad
Nic Ad Nic Ad
प्रहरीका हाकिममाथि एलिगेशन

एउटा हनिट्रयाप प्रकरणको ‘मास्टरमाइन्ड’, अर्को ‘क्रिप्टोका’ कमान्डर? प्रहरीका दुई एसपी छानबिनमा

मंगलबार, कात्तिक ६, २०८१

काठमाडौं– नेपाल प्रहरी उपरिक्षक (एसपी) कमल थापा र नवराज कार्कीमाथि छानबिन सुरु भएको छ।

एसपी थापाको भैंसेपाटीको हनि ट्रयाप प्रकरणका गिरोहसँग साँठगाँठ देखिएको छ भने एसपी कार्कीले क्रिप्टोकरेन्सी र अनलाइन जुवा खेलाउने गिरोहसँग पैसा असुल्ने गरेको प्रमाण भेटिएको दाबी छ।

कार्कीलाई अनुसन्धानका लागि कोशी प्रदेश प्रहरी कार्यालय तालिमकेन्द्रका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) भिमप्रसाद दाहालको नेतृत्वमा छानविन सुरु भएको छ। इन्स्पेक्टर विक्रमबहादुर भट्टराईमार्फत उनले पैसा असुलेको पुष्टि भइसकेको छ।

एसपीले खटाएका घुमुवाहरु हवल्दार राजकुमार श्रेष्ठ र खगेन्द्र राउत तथा सहायक हवल्दार सरोज श्रेष्ठलाई पनि नियन्त्रणमा लिएर छानविन सुरु भएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका अर्का एसपी थापालाई हटाइएको छ। ललितपुरको भैंसेपाटी प्रभागमा एक व्यापारीलाई थुनामा राखी बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख रुपैयाँ असुलिएको घटनामा एसपी थापा मुछिएका हुन्।

सो गिरोहका नाइके ताज इस्लामसँग उनको निकटतम सम्बन्ध देखिएको छ। एसपी थापाले भैंसेपाटी प्रभागकी प्रमुख इन्सपेक्टर बिनु शाहीलाई चिनजान गराएर पैसा असुल्न सघाएका थिए।

पैसा असुलिएकै दिन इस्लाम र एसपी थापाबीच आधा घन्टा गोप्य भेटघाट भएको प्रहरी छानविनमा खुलेको छ।

यस प्रकरणकी खास पात्र इन्स्पेक्टर शाही फरार रहेका कारण छानबिनले गति लिन सकेको छैन। उच्च स्रोतका अनुसार शाहीले फोनमा प्रमाण रहेका कारण मोबाइल गायब बनाएको पनि बताइन्छ।

एसपी थापा हनिट्रयापका मास्टरमाइन्ड र कार्की क्रिप्टोका कमान्डर रहेको उच्च स्रोत बताउँछ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  १६:०३
प्रतिक्रिया दिनुहोस्