Nic Ad Nic Ad
Nic Ad Nic Ad

डायलाइसिस गर्नुपर्ने बिरामीलाई अस्पताल आउजाउ गर्न यातायात निःशुल्क

मंगलबार, कात्तिक ६, २०८१

काठमाडौँ- पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले डायलाइसिस गर्ने बिरामीहरूका लागि अस्पतालसम्म पुग्ने यातायात सेवा निःशुल्क गरेको छ। मिर्गौलामा समस्या भई नियमित डायलासिस गर्नुपर्ने बिरामीको यातायातबापतको खर्च नगरपालिका बेहोर्ने भएको हो ।

नगरपालिकाले चालु आर्थिक वर्ष ०८१/८२ का लागि उक्त कार्यक्रम आफ्नो नीति तथा कार्यक्रममै समेटेको छ । उक्त कार्यक्रमका लागि नगरपालिकाले बुटवलमा रहेको गौतम बुद्ध सामुदायिक मुटु अस्पतालसँग सम्झौता गरिएको नगरपालिकाले जनाएको छ । नियमित डायलासिस गर्ने विपन्न नागरिकले अधिकतम लाभ लिउन भन्ने उद्देश्यले कार्यक्रम लागू गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  १७:५९
प्रतिक्रिया दिनुहोस्