Nic Ad Nic Ad
Nic Ad Nic Ad

६ कुकुरले खोज्दैछ भारतीय विमानमा रहेको भनिएको बम

मंगलबार, कात्तिक ६, २०८१

काठमाडौं- भारत नयाँदिल्लीबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको भारतीय निजी वायुसेवा कम्पनी भिस्टारा एयरवेजको जहाजमा बम राखेको हल्ला फैलिएको छ ।

भिस्टाराको उडान नम्बर ‘यूके १५५’ भएको उक्त जहाज अहिले ‘अनग्राउन्ड’ रहेको छ । जहाजमा बम राखेको फोन दिल्लीबाटै आएको विमानस्थल स्रोतले जनाएको छ ।

बम राखेको खबर पाइएपछि नेपाली सेनाको कमान्डमा सुरक्षा निकायले जहाजको खानतलासी सुरु गरेको छ । ६ कुकुरसहित सेना, प्रहरीले सर्च गरिरहेको छ ।

462584317_567473239119821_6356400012446475321_n-1729600318.jpg

पछिल्लो समय भारतीय जहाजहरूमा बम राखेको हल्ला फैलिने क्रम बढेको छ ।

बमको हल्ला आएको र अहिले सुरक्षा टोली विमानस्थलमा पुगेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए ।

काठमाडौं विमानस्थलमा अहिले उडान–अवतरण रोकिएको छ । नेपाली सेना सहितको सुरक्षा निकायले जहाजमा खानतलासी गरिरहेको छ ।

462575358_3991014067884669_466474219297809145_n-1729600337.jpg

तस्बिर: उपत्यका प्रहरी कार्यालय

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  १८:१८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार