Nic Ad Nic Ad
Nic Ad Nic Ad

कांग्रेस महामन्त्री थापा नयाँ दिल्ली उड्ने प्लेनमा बम भएको हल्ला

मंगलबार, कात्तिक ६, २०८१

काठमाडौ - नेपाली काग्रेंसका महामन्त्री गगन थापा नयाँ दिल्ली उड्ने प्लेनमा बम भएको हल्ला मात्र प्रमाणित भएको छ । दिल्लीबाट काठमाडौं ल्याण्ड गरेको भिस्तारा विमानभित्र बम रहेको हल्ला फेक भएपछि पुनः उडान भरिएको छ ।

एक भारतीयले ह्वाट्सएपमा उक्त विमानभित्र बम छ भनेर धम्कीपूर्ण मेसेज आएपछि प्रहरीले कडा निगरानीका साथ चेकजाँच गरेको थियो । त्यस्तै, नेपाली सेनाको बम डिस्पोजल टोलीले पनि विमानमा सर्च गरेको थियो भने हरेक यात्रुको बडी चेकजाँच गरिएको थियो । केही पनि नभेटिएपछि हल्ला ‘फेक’ भएको विमानस्थल स्रोतले जानकारी दिएको छ । कांग्रेसका महामन्त्री गगन थापा भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । मंगलबार बम भएको हल्ला आएपछि प्रहरीले सर्च गरेको भिस्तारा एअरको विमानबाटै थापा दिल्ली प्रस्थान गरेका हुन् । 

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  २०:२३
प्रतिक्रिया दिनुहोस्