Nic Ad Nic Ad
Nic Ad Nic Ad

बन्दुकभन्दा छिटो कलम चलाउँछन् डीआईजी कार्की

बुधबार, कात्तिक ७, २०८१

काठमाडौं– नेपाल प्रहरीका नायव महानिरिक्षक (डीआईजी) तथा केन्द्रीय प्रवक्ता दाबहादुर कार्की एक व्यावसायीक अधिकृत मात्र नभई कुशल गीतकार समेत हुन्। 

पेशाले आपराधिक गतिविधि गर्नेविरुद्ध बन्दुक चलाउनुपर्छ। तर, उनी बन्दुकभन्दा छिटो कलम चलाउँछन्। सोमबार राती उनले तिहार गीत लेखे जुन बुधबार रेकर्ड सकिएको छ भने तिहारअघि म्युजिक भिडिओ पनि आउनेछ। 

यसअघि उनको दशैं गीत आएको थियो। जसको म्युजिक भिडिओले चर्चा पाएको थियो। 

उनको पछिल्लो गीतमा बसन्त सापकोटाको संगित, मेलिना राई र समिर खरेलको स्वर, दिक्षित पौडेलको एरेन्ज र कमल थापाको रेकर्डिङ रहेको छ।

‘अस्तिका दिन गीत लेखियो, हिजो राती रेकर्ड सकियो’, डीआईजी कार्कीले क्यानडा नेपालसँग भने,‘तिहारअघि म्युजिक भिडिओ आउँछ होला।’

एक व्यावसायीक र सफल कमान्डरका रुपमा उनले काम गरिसकेका छन्। अहिले प्रहरी महानिरिक्षक सचिवालयमा रहेका उनी डीआईजी बढुवा हुनुअघि प्रधान कार्यालय र त्यसअघि जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रहेर काम गरिसकेका अधिकृत हुन्। 

प्रहरी उपरिक्षक (एसपी) हुँदा कास्की जिल्ला कमान्डर र कपिलबस्तुको नेतृत्व गरिसकेका कार्कीको लेखनयात्रा पनि निक्कै कुशल रहेको छ। प्रहरी कर्मचारीको मनोबललाई बढाउने र दुख र अनुभवलाई उनले सृजनामा उतार्ने गरेका छन्।464330238_9518045664877869_1429380696219670535_n-(1)-1729657507.jpg
 

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १०:१५
प्रतिक्रिया दिनुहोस्