नेभिगेशन
राजनीति

रास्वपा कार्यकर्तालाई पार्टीको कठोर म्यासेजः पोखरा घुमघामका फोटो पोस्ट गरे सिधा ‘फायर’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगले कार्यकर्तालाई सिधा फायर गर्ने चेतावनीसहित पोखरामा आन्दोलनबाहेक घुमघामको फोटो पोस्ट नगर्नका लागि म्यासेज पठाएको छ।

सभापति रवि लामिछाने पक्राउको बिरोधमा दिनहुँ प्रदर्शन जारी रहँदा पर्यटकीय नगरी पोखरामा रास्वपाका कार्यकर्ताले घुमघाम गरेका फोटो सामाजिक सञ्जालमा राखेपछि यस्तो चेतावनीयुक्त म्यासेज पठाइएको हो। 

‘पोखरामा आएका साथीहरु आन्दोलनबाहेकको घुमघामको फोटो पोस्ट गरेको पाइए कारबाही हुन्छ’, म्यासेजमा भनिएको छ, ‘सबै पार्टी सदस्यले आन्दोलनको फोटो, भिडियो शेयर गर्न निर्देशन गरिन्छ।’

शुक्रबार रास्वपा सभापति लामिछानेलाई पक्राउ गरी सहकारी ठगी र रकम अपचलनका सन्दर्भमा प्रहरीले बयान लिने क्रम जारी राखेको छ। पोखराको सूर्यदर्शन सहकारी ठगीका विषयमा लामिछानेमाथि बयान जारी राखिएको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीको थुनामा रहेका सभापतिको रिहाई र राजनीतिक प्रतिशोध साँधिएको भनी बाहिर प्रदर्शन जारी छन्। रास्वपाका सबै सांसद, पदाधिकारी र केन्द्रीय सदस्यसहितका कार्यकर्ता यतिबेला पोखरामा छन्। rsp-leaders-1729659239.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति