Nic Ad Nic Ad
Nic Ad Nic Ad

पोखराका सहकारी पीडितको आरोप– रास्वपा नेता कार्यकर्ताले घर–घर आएर धम्की दिए (विज्ञप्तिसहित)

बुधबार, कात्तिक ७, २०८१

काठमाडौं– सूर्यदर्शन सहकारीपीडितले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता कार्यकर्ताले घर–घर आएर धम्की दिएको आरोप लगाएका छन्।

सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि पक्राउ गरी बयान लिने क्रममा प्रदर्शनमा उत्रिएका रास्वपा नेता कार्यकर्ताले पीडितलाई प्रताडित गरेको आरोप लागेको हो। 

सूर्यदर्शन सहकारीपीडित संघर्ष तथा तदर्थ समिति र सहकारीपीडित संघ कास्कीले बुधबार विज्ञप्ति जारी गर्दै यस्तो आरोप लगाएका हुन्। 

पीडितहरूले १० महिनाअघि नै पार्टी सभापति रवि लामिछानेविरुद्ध किटानी जाहेरी पर्दा के हेरेर बसेका थियौ भन्ने पनि रास्वपासँग प्रश्न गरेका छन्। अहिले पोखराका चोकचोकमा गरिएका आन्दोलन सहकारीपीडितविरुद्ध भएको पनि विज्ञप्तिमा उल्लेख गरेछ।

विज्ञप्ति यस्तो छimage-68-1729663231.png

 

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  ११:४८
प्रतिक्रिया दिनुहोस्