छविलाल जोशीलाई आज रुपन्देहीबाट पोखरा ल्याइँदै
पोखरा - सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई रुपन्देहीबाट आज पोखरा ल्याइने भएको छ । कास्की प्रहरीको हिरासतमा रहेका उनलाई सोमबार रुपन्देही लगिएको थियो । बुटवस्थित सुप्रिम बचत तथा ऋण सहकारीको रकमसमेत पूर्वडिआइजी जोशी सञ्चालक रहेको गोरखा मिडिया नेटवर्कमा अनाधिकृत रुपमा लगानी गरेपछि बयानको लागि रुपन्देही लगिएको थियो ।
जोशीसँग दुई दिन बयान लिएपछि आज दिउँसो साँढे १२ बजे बुध्द एयरको जहाजमार्फत पोखरा ल्याउने तयारी गरेको प्रहरीको भनाइ छ । आज मध्याह्न साढे १२ बजेको उडानमार्फन उनलाई पोखरा ल्याइन लागिएको हो । मंगलबार उनीसँग झण्डै सात घण्टा सरकारी वकिलको कार्यालयमा बयान लिइएको थियो । बयान सकिएकाले पुनः कास्की पठाउन लागिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी लक्ष्मी खनालले बताइन् ।
प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१ ११:५९
प्रतिक्रिया दिनुहोस्