Nic Ad Nic Ad
Nic Ad Nic Ad

विपक्षी दलका नेता राष्ट्रपति पौडेल भेट्न शितलनिवास जाने

बुधबार, कात्तिक ७, २०८१

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार राती भेट गरेका विपक्षी दलका नेताले बुधबार राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शितल निवास जाने भएका छन्। 

सरकारको सय दिन पुग्दा सन्तोषजनक काम हुन नसकेको दाबी गरेका विपक्षी दलहरू नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, नेकपा एकीकृत समाजवादीका नेता राष्ट्रपति पौडेल भेट्न जान लागेका हुन्। 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, रास्वपा उपसभापति डीपी अर्याल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्रीलाई भेटेका थिए। 

राष्ट्रपतिसँग पनि उनीहरूले नै भेट गर्ने तय भएको छ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १२:१५
प्रतिक्रिया दिनुहोस्