Nic Ad Nic Ad
Nic Ad Nic Ad

रास्वपाको पोखरा प्रदर्शनबारे सत्ता गठबन्धनले संयुक्त अपिल निकाल्ने, के हुन्छ त्यसमा?

बुधबार, कात्तिक ७, २०८१

काठमाडौं– सत्ता गठबन्धनमा आवद्ध एमाले–कांग्रेस, जसपालगायतका दलले पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गरिरहेको प्रदर्शनबारे संयुक्त अपिल निकाल्ने समझदारी बनेको छ।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा गृहमन्त्री रमेश लेखकले रास्वपा सभापति रवि लामिछाने पक्राउपछि पोखरामा भइरहेको प्रदर्शनका विषयमा ब्रिफिङ गरेपछि यस्तो समझदारी बनेको हो। 

संयुक्त विज्ञप्तिमा सहकारी ठगी सन्दर्भमा संगठित अपराधमा लामिछानेमाथि प्रदर्शन भइरहेको र न्यायीक प्रक्रियालाई अबरोध नगर्नका लागि अपिल गरिने बताइएको छ। बैठकमा गृहमन्त्री लेखकले रास्वपाको प्रदर्शनले दबाब दिने अभिप्राय राखिरहेको भनी ब्रिफिङ गरेका थिए। 
 

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १२:२७
प्रतिक्रिया दिनुहोस्