रवि र छविलाई म्याद थप्न अदालत लगियो
काठमाडौं– सहकारी ठगी प्रकरणमा पक्राउ गरिएका गोरखा मिडिया प्रालिका पूर्व सञ्चालकहरू रवि लामिछाने र छविलाल बन्जाडे जोशीलाई म्याद थपका लागि कास्की जिल्ला अदालत लगिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका दुवैमाथि सूर्यदर्शन सहकारी ठगीको अभियोग छ। उक्त अभियोगमा प्रहरी र जिल्ला सरकारी वकिलको कार्यालयमा बयान जारी छ।
रविलाई दशैंपछि र बन्जाडे जोशी एक महिनाभन्दा लामो समयदेखि प्रहरी हिरासतमा रहेका छन्।
प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१ १०:४०
प्रतिक्रिया दिनुहोस्