Nic Ad Nic Ad
Nic Ad Nic Ad

भक्तपुर अस्पतालले पायो उत्कृष्ट पुरस्कार

बिहीबार, कात्तिक ८, २०८१

भक्तपुर -बागमती प्रदेशका १३ वटा अस्पतालमध्ये भक्तपुर अस्पताल उत्कृष्ट ठहरिएको छ । 

बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयद्वारा आर्थिक वर्ष २०८०/८१ मा सम्पादित स्वास्थ्य कार्यालयहरूको प्रदेशस्तरीय वार्षिक समीक्षामा भक्तपुर अस्पताल उत्कृष्ट घोषित भएको हो ।


मुख्यमन्त्री बहादुरसिंह लामा र स्वास्थ्यमन्त्री किरण थापाले अस्पताललाई पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरेको अस्पतालकी निर्देशक डा.सुमित्रा गौतमले बताइन्। समीक्षा बैठक बुधबार समापन भएको हो । 

भक्तपुर अस्पतालले यसअघि पनि उत्कृष्टताको पुरस्कार प्राप्त गरेको थियो । अस्पतालले प्रदेश सरकारको बजेटमा आगामी महिनादेखि एमआरआई सेवा सञ्चालन गर्ने डा.गौतमले जानकारी दिइन् । 

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  १०:४४
प्रतिक्रिया दिनुहोस्