नेभिगेशन
समाज विविध

मीनबहादुरले एमालेलाई दिएको जग्गा विवादको रिटको सुनुवाई सुवेदीको इजलाशमा

काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको एकल इजलाशले एमालेलाई मीनबहादुर गुरुङले गरेको जग्गा दानविरुद्ध रिटको सुनुवाई गर्ने भएको छ। 

अधिवक्ता ज्ञानबहादुर बस्नेतसहित तीन जनाले दायर गरेको रिटमा बिहीबार पहिलो सुनुवाइ हुन लागेको हो। 

विभिन्न भ्रष्टाचारका घटनामा आरोपित भई अदालतमा मुद्दा विचाराधीन रहेका भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङले एमालेको केन्द्रीय कार्यालय बनाउन भन्दै गत असोज २५ गते काठमाडौँको कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा रहेको १० रोपनी १४ आना जग्गा दान गरेको घोषणा गरेका थिए। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध