Nic Ad Nic Ad
Nic Ad Nic Ad

सरकारविरुद्ध माओवादीको सभा, रास्वपा पोखराबाट फर्किएर काठमाडौं तताउने निधोमा

बिहीबार, कात्तिक ८, २०८१

काठमाडौं– पोखरामा प्रदर्शन गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शुक्रबारदेखि काठमाडौं केन्द्रित आन्दोलनमा जुटेको छ।

सहायक प्रतिपक्षी दल रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ गरिएपछि उसले राजनीतिक प्रतिशोध लिएको आरोप लगाउँदै सरकारविरुद्ध आन्दोलन गरिरहेको थियो। 

पोखरामा प्रदर्शन गरेको रास्वपा एक सातापछि काठमाडौं फर्किन लागेको हो। पोखरामा स्थानीयवासीको उल्लेख्य साथ नपाए पनि नेता कार्यकर्तालगायत सबै केन्द्रित भएका थिए। 

यता मुख्य प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले शनिबार काठमाडौंमा सरकारविरुद्धको सभा गर्ने निर्णय गरिसकेको छ। 

पूर्वघोषणाअनुसार प्रदर्शनीमार्गमा आफ्ना नेता कार्यकर्ता जम्मा पारेर सरकार सय दिनमा नै असफल भइसकेको दाबीसहित सभा गर्न लागिएको माओवादीले जनाएको छ। 

उक्त सभालाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुख्य सम्बोधन गर्नेछन् भने माओवादीका अन्य नेताले पनि प्रवचन दिनेछन्।

यसअघि माओवादीलगायतका विपक्षी दलले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेललाई भेटी सकेका छन्।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  १२:४३
प्रतिक्रिया दिनुहोस्