Nic Ad Nic Ad
Nic Ad Nic Ad

सेवाग्राहीको चाप बढेपछि बिहान ७ बजेदेखि राति ९ बजेसम्म सेवा दिँदै गुल्मी प्रशासन

बिहीबार, कात्तिक ८, २०८१

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय गुल्मीले दसैँपछि सेवाग्राहीको चाप बढेपछि बिहान ७ बजेदेखि राति ९ बजेसम्म सेवा दिन थालेको छ । दसैँ सकिएसँगै जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको भीड बढेको हो ।

दसैँ-तिहार मनाउन गृह जिल्ला पुगेकाहरूले प्रशासन कार्यालयमा नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र बनाउन थालेपछि सेवाग्राहीको चाप बढेको गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले जानकारी दिए ।प्रजिअ शर्माका अनुसार दसैँ तिहार मनाउन घर पुगेकाहरूले त्यही मौका पारेर सरकारी कार्यालयबाट सेवा लिने भएकाले प्रशासन कार्यालयमा सेवाग्राहीको अत्यधिक चाप बढेको हो । सेवाग्राहीको आवश्यकतालाई मध्यनजर गर्दै प्रशासनले टोकन प्रणाली लागु गरेर बिहान ७ बजेदेखि राति ९ बजेसम्म सवा दिइरहेको प्रजिअ शर्माले बताए ।

दसैँपछि दैनिक नयाँ नागरिकता १६०, प्रतिलिपि ७०, राहदानी सिफारिस १००, राहदानी वितरण ९३, राष्ट्रिय परिचयपत्र १५९ र राष्ट्रिय परिचय पत्र वितरण ९५ हुने गरेको गुल्मी प्रशासनले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  १३:०१
प्रतिक्रिया दिनुहोस्