Nic Ad Nic Ad
Nic Ad Nic Ad

मेलम्चीको पानी बागमती नदीमा पठाइँदै

बिहीबार, कात्तिक ८, २०८१

काठमाडौं  मेलम्ची नदीबाट काठमाडौँको सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आइरहेको मध्य प्रशोधन क्षमताभन्दा बढी भएको पानी बागमती नदीमा पठाउन थालिएको छ ।

अहिले मेलम्ची नदीबाट दैनिक २५ करोड लिटरभन्दा बढी पानी काठमाडौँमा आइरहेको भए पनि करिव १८ करोड लिटर पानी प्रशोधन गरी काठमाडौँ उपत्यकामा वितरण गरिन थालिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी प्रमुख रत्न लामिछानेले जानकारी दिए।

उनले भने, ‘मेलम्चीबाट दैनिक २५ करोड लिटरभन्दा बढी पानी आइरहेको छ, १८ करोड लिटर पानी प्रशोधन गरी पठाउन थालिएको छ, प्रशोधन क्षमताभन्दा बढी रहेको बाँकी पानी बागमती नदीमा छाडिएको छ ।’

सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको क्षमताभन्दा बढी पानी बागमती नदीमा पठाइएका कारण अहिले बागमती नदीको बहाव पनि बढ्दै गइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । 

मेलम्चीबाट आएको बढी पानी बागमती नदीमा पठाइएका कारण फोहर देखिँदै आएको नदी क्रमिक रुपमा सङ्लो हुँदै जान थालेको लामिछानेले बताए।

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  १३:४८
प्रतिक्रिया दिनुहोस्