Nic Ad Nic Ad
Nic Ad Nic Ad

रवि–जीबी फोन वार्ताको डिटेल्स निकाल्दै प्रहरी, सम्पत्ति शुद्धिकरणमा पनि छानबिन गरिने

बिहीबार, कात्तिक ८, २०८१

काठमाडौं– सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने र गोरखा मिडियाका गितेन्द्रबाबु राई (जीबी)बीच भएका फोनवार्ता प्रहरीले केलाउन थालेको छ।

रवि र जीबीबीच भएका संवाद, एसएमएस आदानप्रदान, गोरखा मिडियालगायतका विषयमा भएका कुराकानीलगायत सबै केलाउने भएको छ। 

जिल्ला प्रहरी कार्यालय कास्कीमा रहेका लामिछानेको बयान जारी छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)देखि डीएसपीको नेतृत्वको चार जनाको टोलीले पनि छानबिनमा सहयोग गरिरहेको छ।

यसैबीच रविमाथि सम्पत्ति शुद्धिकरणका विषयमा पनि अनुसन्धान गरिने अधिकारीहरूले बताएका छन्। उनको निजी र परिवारको सम्पत्तिको स्रोतको खोजी हुनेछ।

सहकारी ठगी गरी गोरखा मिडिया प्रालिमा रकम स्थानान्तरण गर्दै त्यसको अपचलनमा जीबीसहित रवि र पूर्वडीआईजी छविलाल जोशीमाथि अनुसन्धान गरिएको हो। जीबी भने फरार रहेका छन्।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  १४:३०
प्रतिक्रिया दिनुहोस्