अहिलेसम्मकै महँगो मूल्य तिरेर ल्याए नेपाली वितरक कम्पनीले ‘पुष्पा २ः दी राइज’
काठमाडौं– आगामी मंसीर २१ गतेदेखि विश्वव्यापी प्रदर्शनमा आउन लागेको दक्षिण भारतीय फिल्म ‘पुष्पा २ः दी राइज’ नेपालमा प्रदर्शनका लागि हालसम्मकै महँगो रकम तिरिएको छ।
तीन फिल्म वितरक कम्पनीले संयुक्त लगानीमा उक्त फिल्मको नेपाल राइटस् किनेका हुन्। फिल्मको वितरण अधिकार ६ करोड ४० लाख रुपैयाँ (४ करोड भारु) खरिद गरेका हुन्। कम्पनीहरुमा ए–एट्, डीसीएन र आरआर फिल्म्स रहेका रहेका छन्।
नेपालमा रिलिज हुने निश्चित भएसँगै देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले पनि आफ्नो वेबसाइटमा कमिङ सुनतर्फ पुष्पाको पोस्टर राखेको छ।
पुष्पाअघि बलिउड फिल्म सिघंम रिटर्न र भूलभूलैया ३ आउँदैछन्। पुष्पा २ः दी राइजका लागि हालै नेटफ्लिक्सले पनि फिल्मको ओटीटी राइटस् २७५ करोड भारुमा खरिद गरेको थियो।
सुकुमारको लेखन र निर्देशन रहेको फिल्ममा अल्लुअर्जुन र रश्मिका मन्दनाको मुख्य भूमिका छ।