Nic Ad Nic Ad
Nic Ad Nic Ad

घूस रकमसहित प्रमुख प्रशासकीय अधिकृत अख्तियारको नियन्त्रणमा

बिहीबार, कात्तिक ८, २०८१

काठमाडौँ -  सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत घूससहित पक्राउ परेका छन् ।

सिम्रौनगढका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साहलाई सेवाग्राहीसँग ८० हजार रुपैयाँ घूस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौँडाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको  हो । आयोगको कार्यालय, हेटौँडाका कार्यालय प्रमुख उमाकान्त आचार्यले दिएको जानकारी अनुसार बिल भुक्तानीको रकम दिएबापत सेवाग्राहीसँग घूस लिँदै गर्दा साहलाई पक्राउ गरिएको हो ।

उनलाई कलैया उपमहानगरपालिका-४ मा लेनदेनकै क्रममा पक्राउ गरिएको जनाइएको छ । यसबारे थप अनुसन्धान भइरहेको आचार्यले बताए । 

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  १५:०५
प्रतिक्रिया दिनुहोस्