Nic Ad Nic Ad
Nic Ad Nic Ad

चौथाईवालेसित आरजुको राखी कुटनीतिले खुलायो गगन थापाको कुटनीतिक द्वार

बिहीबार, कात्तिक ८, २०८१

काठमाडौं– नयाँ दिल्लीमा रहेका कांग्रेस महामन्त्री गगन थापाले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख बिजय चौथाईवालेसित सौहार्द भेट गरेका छन्। 

थापाको यो भ्रमण के उद्देश्यका साथ भइरहेको छ भन्ने नखुले पनि यसले सभापति शेरबहादुर देउवा पत्नी तथा परराष्ट्रमन्त्री आरजु राणाको पहलमा भएको बुझ्न कठिन छैन।

नेपालमा रास्वपाको तिव्र प्रहारमा रहेका थापा भारतीय संस्थापन अहिलेको सरकारप्रति कस्तो रुची राख्छ भन्ने बुझाईका दौरान नयाँ दिल्लीमा छन्।

यति मात्र होइन, भारतीय पक्षसित रास्वपा सभापति लामिछानेले प्रधानमन्त्री बनाई दिन तथा उपसभापति स्वर्णिम वाग्लेले कस्तो प्रस्ताव राखेका थिए भन्ने बुझ्न पनि पुगेका हुन्। 

‘नेपालमा एकथरी प्रदर्शन भइरहेको र त्यसमा थापालाई निशाना बनाएको बखत उनको नयाँ दिल्लीको भ्रमण र भेटघाट अर्थपूर्ण छ’, उच्च स्रोतले क्यानडा नेपालसँग भन्यो,‘यसको तारतम्य सबै परराष्ट्रमन्त्री आरजु राणाले मिलाउनु भएको हो।’

गगन थापाको यो भ्रमणका खास दुई अर्थ हुन सक्छन्। 

पहिलो, अहिले नेपालमा चलिरहेको गतिविधि र सरकारप्रति भारतीय पक्षको धारणा के हो भन्ने बुझ्ने काम। किनभने भारतीय पक्ष नाकाबन्दी कालदेखि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई खासै महत्वमा राख्ने काम गर्दैन थियो। बरु, ओलीको विकल्प उसले सँधै खोजिरहने गर्दथ्यो।

यसैकारण अहिलेको सरकार ओलीको नभई कांग्रेसको रहेको बुझाउन पनि थापालाई नयाँ दिल्लीको यात्रा गराइएको हो। 

अर्कोचाहिँ थापाको यो भ्रमणको तारतम्य र विश्वास योग्य मानेका शेरबहादुर देउवाले अबको कांग्रेसको आन्तरिक राजनीतिमा कसलाई चेपेका छन् भन्ने पनि हो। 

आगामी महाधिवेशनमा थापालाई अगाडि सार्ने संकेतका रुपमा यो भ्रमणलाई बुझ्न सकिने स्पष्ट हुन्छ। किनभने यसअघि नै देउवाले महामन्त्री थापालाई धन्यवाद मात्र दिएका थिएनन् प्रशंशा पनि गरेका थिए। 

उनलाई आगामी दिनमा नेतृत्वमा लगेर कुटनीतिक सम्बन्ध स्थापित गराउन र त्यसको पृष्ठभूमी तयार पार्ने मौका देउवाले गरेका हुन्। उच्च स्रोतले भन्यो,‘नत्र सभापतिको आग्रह र इच्छाबिना पार्टीका अन्य नेताले भारतीय पक्षसँग यसरी प्रभावकारी भेट गर्न पाउने नै थिएनन् नि!’
 

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  १७:५०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार