Nic Ad Nic Ad
Nic Ad Nic Ad

डेंगी नियन्त्रणका लागि खोज र नष्ट गर अभियान सञ्चालन गर्न प्रधानमन्त्री ओलीको अपिल

शुक्रबार, कात्तिक ९, २०८१

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले डेंगी नियन्त्रणका लागि खोज र नष्ट गर अभियान सञ्चालन गर्न अपिल गरेका छन् । 

केही जिल्लामा डेंगी रोगको प्रकोप कायमै रहेको र यसले जनस्वास्थ्यको क्षेत्रमा गम्भीर चुनौती सृजना गरेको भन्दै प्रधानमन्त्री ओलीले यसबाट बच्न हरेक शुक्रवार बिहान १०:०० बजे खोज र नष्ट गर अभियान सञ्चालन गर्न अपिल गरेका हुन् । डेंगी सार्ने लामखुट्टेको नियन्त्रणका लागि सबैभन्दा बढी प्रभावकारी मानिएको लामखुट्टेको प्रजनन स्थल पानी जम्ने ठाउँहरू खोजेर लाम्खुट्टेका लार्भारप्युपा नष्ट गर्नुपर्ने प्रधानमन्त्रीको भनाइ छ ।

‘यस कार्यलाई कम्तीमा हरेक शुक्रवार १०ः०० बजे खोज र नष्ट गर अभियान देशव्यापी रूपमा सञ्चालन गर्न संघीय प्रदेश तथा स्थानीय तहका सरोकारवाला निकाय, निजामती कर्मचारी, सुरक्षा निकाय, शिक्षण संस्था, सामाजिक अभियान्ताहरुका साथै सम्पूर्ण आम नागरिक समेतको सहभागिताको लागि हार्दिक अपिल गर्दछु,’ प्रधानमन्त्रीको अपिलमा भनिएको छ, ‘नागरिक स्वस्थ भएमा मात्रै समृद्ध नेपालको निर्माण सम्भव छ, त्यसैले डेंगी नियन्त्रणको यस अभियान सफल पार्न हामी आ–आफ्नो ठाउँबाट सहयोग गर्न सबैमा अनुरोध गर्दछु ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  ०८:१५
प्रतिक्रिया दिनुहोस्