Nic Ad Nic Ad
Nic Ad Nic Ad

रास्वपाले आजदेखि काठमाडौंकेन्द्रित आन्दोलन गर्ने

शुक्रबार, कात्तिक ९, २०८१

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अब काठमाडौंकेन्द्रित आन्दोलन गर्ने भएको छ। सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई हिरासतमा राख्ने म्याद बिहीबार सात दिन थप भएपछि रास्वपाले आजदेखि काठमाडौंकेन्द्रित आन्दोलन गर्ने भएको हो।

रास्वपाले आज दिउँसो १ बजे माइतीघरमा हुने प्रदर्शनमा सहभागी हुन कार्यकर्ता;लाई आह्वान गरेको छ। गत शुक्रबार काठमाडौंबाट पक्राउ परेका रवि हाल कास्की प्रहरीको हिरासतमा छन्। पहिले ६ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला अदालत कास्कीले आजमात्रै थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

सडक प्रदर्शन गरेर लामिछानेलाई छुटाउने प्रयास गरेको रास्वपाले पोखरामा स्थानीय जनताको साथ पाउन सकेको थिएन । स्थानीयको सहभागिता नभएपछि रास्वपाका नेताहरुले घरदैलो समेत गरेर भिड जम्मा गर्ने प्रयास गरेका थिए। तर त्यो पनि असफल भएपछि अब उनीहरुले काठमाडौंमा प्रदर्शन गर्ने भएका हुन्।

रास्वपाले लामिछानेलाई राजनीतिक प्रतिशोधमा पक्राउ गरेको आरोप लगाउँदै आएको छ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  ०९:२५
प्रतिक्रिया दिनुहोस्