Nic Ad Nic Ad
Nic Ad Nic Ad

अर्थतन्त्र सुधारका लागि नागरिक र विज्ञसँग आयोगले माग्यो सुझाव

शुक्रबार, कात्तिक ९, २०८१

काठमाडौँ - उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले अर्थतन्त्र सुधारका लागि सरकारले गर्नुपर्ने कामबारे आम नागरिक, उद्योगी व्यवसायी, संघसंस्था, सार्वजनिक निकाय, वैदेशिक लगानीकर्ता तथा विज्ञहरूबाट सुझाव माग गरेको छ ।

सरकारले असोज २१ गते गठन गरेको सो आयोगले ६ महिनाभित्र सरकारलाई आर्थिक सुधारका लागि सुझावहरू दिनेछ । सरकारलाई सुझाव दिनकै लागि आयोगले अहिले आम नागरिक, व्यवसायी, लगानीकर्ता, विज्ञहरूबाट सुझाव माग गरेको हो ।

इच्छुक आम नागरिक, वैदेशिक लगानीकर्ता, विज्ञ तथा व्यवसायीहरूले आगामी मंसिर १५ गतेभित्र आयोगको सचिवालय हरिहर भवन ललितपुरमा पुग्ने गरी सुझाव पठाउन सक्नेछन् । त्यस्तै इमेल ठेगाना एचएलईआरएसी एटएमओएफ डट् जीओभी डट् एनपीमा पठाउन सकिनेछ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  ११:५६
प्रतिक्रिया दिनुहोस्