Nic Ad Nic Ad
Nic Ad Nic Ad

मुकेश अम्बानीको ‘जिओहटस्टार डटकम’ परिकल्पनामा एक साधारण युवाको धक्का

शुक्रबार, कात्तिक ९, २०८१

काठमाडौं– भारतीय खर्बपति मुकेश अम्बानीका धेरै लगानी मध्य सिनेमा क्षेत्र पनि एक हो। सिनेमा साम्राज्यलाई बलियो बनाउने क्रममा अम्बानीको जिओ सिनेमा र डिजने हटस्टार मर्ज गरी परिकल्पना गरिएको एउटा परियोजनामा नयाँ दिल्लीका साधारण युवाले धक्का दिएका छन्। 

दुवै कम्पनी मर्ज गरी अम्बानी जिओहटस्टार डटकम मार्फत ओटीटी प्ल्याटफर्मको तयारीमा थिए। तर, ति युवाले उक्त डोमेन आफूले अम्बानीभन्दा अगाडि नै दर्ता गरेको पत्ता लागेको छ।

उनले अम्बानीलाई इमेल गरी उक्त डोमेन आफ्नो रहेको र त्यसलाई खरिद गर्नका लागि इमेलमार्फत पत्राचार गरेको खुलेको हो। यस विषयले अहिले भारतीय सिनेमा जगतमा तहल्का पिटेको छ। यस विषयलाई भारतको इन्डिया टुडेको अनलाइन संस्करणमा पनि प्रकाशित गरिएको छ। 

ति युवाले आफू क्याम्ब्रिज विश्वविद्यालयमा अध्ययन गर्न चाहिररहेको र त्यसका निम्ति एक करोड भारतीय रुपैंया दिए मात्र बिक्रि गर्ने भनी अम्बानीलाई इमेल पठाएका थिए।

तर, अम्बानीले त्यसको उत्तर नदिएको अहिलेसम्म आएका खबरहरूमा उल्लेख छ। अचम्म के छ भने अम्बानीसँग नै रकम माग गर्न सक्ने ति युवा को हुन् भन्नेचाहिँ खुलिसकेको छैन। तर तिनै युवाका कारण ओटीटी प्ल्याटफर्ममा अम्बानीका दुई कम्पनी मर्ज गरी देखाउने चहानामा भने धक्का लागेको छ। 

कतिपय खबरहरूका अनुसार उक्त ‘जिओहटस्टार डटकम’ हात पार्नका लागि अम्बानी कानुनी लडाईमा समेत जान सक्नेछन्। तर अब के हुन्छ भन्नेचाहिँ स्पष्ट हुन सकेको छैन।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १२:०६
प्रतिक्रिया दिनुहोस्