Nic Ad Nic Ad
Nic Ad Nic Ad

 रेसुंगा विमानस्थलमा एक महिनापछि पुनः उडान सुरु

शुक्रबार, कात्तिक ९, २०८१

काठमाडौँ - गुल्मी जिल्लाको रेसुंगा विमानस्थलबाट एक महिनापछि पुनः उडान सुरु भएको छ । मौसम खराबको कारणले असोज ४ गतेदेखि लगातार उडान अवरुद्ध हुँदै आएको थियो ।

मौसममा सुधार आएको भन्दै बुधबार र शुक्रबार उडान सुरु गरेको नेपाल एयरलाइन्स रेसुंगा विमानस्थलका स्टेसन प्रमुख सुमन थापाले बताए । चाडपर्वको समयमा लगातार उडान अवरुद्ध हुँदा नागरिकले सेवा लिन पाएका थिएनन् ।

बहुसङ्ख्यक नेपालीको महत्त्वपूर्ण चाडपर्वकै बेला लगातार उडान अवरुद्ध हुँदा सेवाग्राहीसमेत असन्तुष्ट छन् । रेसुंगा विमानस्थलका लागि काठमाडौँबाट बिहान ६ बजेर ३० मिनेट र काठमाडौँका लागि बिहान ७ बजेर ४५ मिनेटमा उडान हुने गरेको छ ।

बिहानी समयमा बादल लाग्ने गरेकाले लगातार उडान अवरुद्ध हुँदै आएको थियो । मौसम खराबको कारणले गत असारको दोस्रो साताबाट २ महिनासम्म उडान अवरुद्ध हुँदै आएको थियो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १२:१७
प्रतिक्रिया दिनुहोस्